स्वागतम् नयाँ वर्ष २०८१

तपाईंले यो शरीर छोडेपछि , विगतका यादहरू सम्झनु हुन्छ कि विर्सनु हुन्छ भन्न सक्नुहुन्छ ? तपाईंको मायालु आत्माले शरीर छोडेर यो सृष्टि पनि छोड्छन् । फेरि प्रत्येक विहानीको कुञ्जसँगै नयाँ यात्रामा गइरहनेछ तपाईंको जीवन । तपाईंको प्रत्येक ढुकढुकीको धड्कन तपाईंको आत्माको तपाईंलाई आत्मीय सम्झना जीवनका जुनसुकै यात्रामा पनि हुनेछ । मायालुभन्दा धेरै निकट मायालुको पनि महामायालु त्यो नै त हो तपाईंको आत्मा तपाईंको अस्तित्त्व । समयको अनन्त निरन्तर यात्रासँगै हामी पनि यसरी नै यात्रुझैँ यात्रा गरिहेका हुन्छौँ । तैपनि हामी समयलाई नापी नयाँ समय भन्छौँ । यो नयाँ वर्ष त ऋतुको परिवर्तन जस्तै मात्र हो । नयाँ ऋतुमा नयाँ पाउला पलाएसरि हामीले नयाँ उमङ्ग, हर्ष, जाँगरहरु यथेष्ट रुपमा ऊर्जावान भएर नयाँनयाँ वहार फैलाइनै रहनुपर्छ , अझ परिपक्व बन्दै जानुपर्छ । विगतका अनुभवलाई मनन गर्दै अझ परिस्कृ

होली तथा रङ्गका बारेमा केही प्रतिनिधि अध्ययन

धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रूपमा होली सप्ताह शुरु हुन्छ । आज हामी होलीको प्रत्यक्ष–अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले पहाडका ५४ जिल्लाहरूमा धुमधामको रूप लिन्छ भने तराईका २२ जिल्लाहरूमा पूर्णिमाको भोलिपल्ट धुमधामको रूप लिन्छ , यद्यपि यी दुई  दिन नै प्रर्णिमा नै मानिन्छ । जसरी होलीको बेला नाचगा

छापे अडिटर

“हजुर ! आज त इमर्जेन्सी प¥यो । मेरो हिसाब चाहियो अडिटर महाशय !”

“किन नि ! आज महाशयको मान् ?”

“यो मलाई आपत परेर केही सहयोग पाइन्छ कि भनेर नि ।”

“कति निस्कियो मेरो हिसाब खै हेरुँ ?”

“ल हेर्नुस् । यही हो हजुरको हिसाब ।”

“जम्मा कति भयो हेर्नुुुस् त ?”

“जम्मा १३ हजार ९ सय नब्बे रुपियाँ निस्कियो ।”

“कसरी नि ?”

“यहाँ हजुरले नै लेख्नुभएको थियो । हेर्नुस् त । जम्मा १०९० पेजको छ यो हिसाब । यसमा स्यालरी सिट बनाएको १३० पेज । १२ महिनाको २ पेज एनुअल २ पेज । अनि यो रिसिप्ट २००० वटा टाइप अनि



भगवान ! तिमी र म मात्र रहेछौँ यो संसारमा

अरू कोही रहेनछ

असत्यले जति पीडा छ मलाई

त्यत्ति नै पीडा छ तिमीलाई

भगवानको कुरा सुन्नु ध्यान हो भन्छ

ध्यानबाट सबै आत्माको कुरा सुन्छु म 

ध्यानबाट सबै आत्माको कुरा सुन्छौ तिमी

यहाँ म र केवल तिमी मात्रै छु

यहाँ तिम्रो कुरा म मात्र बुझ्छु

मेरो कुरा तिमी मात्र बुझ्छौ

न तिमीलाई ठूलो हुनु छ 

न मलाई ठूलो हुनु छ 

केवल धर्म–परायण हुनु छ 

सायद यी आत्म–ज्ञानका कुरा हुन्

आत्म सबैमा छ

सबैमा आत्म छ

केवल खोल फरक छ

खोल यानेकी लुगा

कसैको लुगा दुषित छ

जनयुद्ध, जनयुद्ध हो जुन धनयुद्ध होइन

जुन ब्यापारका लागि होइन

ननै रवाफका लागि

जसले देशका लागि लड्छन्

बलिदानी दिन्छन्

गर्वले छाति चौडा गर्छन्

न कि युक्रेनका लागि

न कि रसियाका लागि

यो त आम मानिसका समस्या समाधानका लागि हुनुपर्छ

आज युक्रेन र रसियामा

दोस्रो, पहिलो विश्व युद्धमा सरि

आफ्नै परिवारका दुईसदस्य बीच पनि काटामार चलिरहेको छ

अरु त अरु

हामी नेपालीका साख्खै दाजुभाइ पनि 

एक आपसमा बम हानी 

झिगा माकुरासरि मरिरहेछन्

यो के का लागि ?

कसले जितेर कसलाई फाइदा हुने हो ?

के इराकमा टाउका का

कथा ः ३०० जोर मोजा हरायो ।

यो कुनै बनावटी कुरो होइन तर यो कुरा कसैको पनि घटेको छैन होला जस्तो लाग्छ मलाई । खालि यै कुराले मात्र मलाई हुँडलिरह्यो । त्यसैले पीडा शान्त पार्न पनि मैले वकिललाई जस्तै बक्नै पर्ने भयो । त्यसलै यसलाई तपाईंले बकवास भनी पनि अथ्र्याउन छुट दिएको छु । अनि यो कुरा बक्दा पनि आफन्ती चेतेर भए पनि सुध्रिने नै छन् । के सुधार्ने कार्य राम्रो होइन र ? आफन्तका बारे मलाई भन्न त मन नलागेको हो तर बाध्य भएर भन्नु परिरहेको छ कि यो घटनाको उजागर भएपछि केही भएपनि सुध्रिने आभास पाउन् । मलाई

लेखापरीक्षकका चुनौतीहरू 

लेखापरीक्षकले लेखापरीक्षण गर्दा थुप्रै चुनौतीहरू सामना गर्नुपर्ने हुन्छ । यी चुनौतीहरू विभिन्न क्षेत्रहरूबाट आउन सक्छन्, जसले लेखापरीक्षण कार्यलाई अधिक गहिरो बनाउन सक्छ । लेखापरीक्षकले संगठित संस्थागत मानकहरू, नीति र प्रक्रियाहरूको पालना, लेखा प्रणालीको प्रभावकारीता, र संस्थागत विवेचनको सत्यता र पारदर्शिता निश्चित गर्नुपर्छ । यी चुनौतीहरूसँग सामना गर्न सकेमा संगठनको विभिन्न क्षेत्रहरूमा समान रूपमा अवलोकन गर्न सम्बन्धितनियम र विधिहरूको पालना र लेखा प्रणालीमा सुधार गर्न स

आजको राजनीति र गर्नुपर्ने कर्तव्य!!!

पोहोरको मात्र कुरो हो सेनाले “हतियार साफ गर्ने !!!”भनेर यही बहानामा सबै आर्मीका अस्त्रशस्त्र प्रदर्शन गरेको ! यस्तोमा वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र सङ्ग्रौलाले तथा यस्तै प्रगथतिवादीहरूले यो संस्थागत हुने अवस्थाको गणतन्त्रको धज्जी उडाइरहँदा कसलाई फाइदा पुग्न गयो त्यो मिहीन ढङ्गले उनीजस्ता वरिष्ठ प्रगतिवादी लेखकले मिहीन ढङ्गले यतापट्टि पनि सोच्नु अत्यन्तै अत्यावश्यक छ । सेनाको द्वैध चरित्र मात्र होइन ६–७ तहको द्वैध चरित्र मैले सामना गरिसकेको छु , मेरो यो

"पटक्कै जान्दैन यसले

धेरै जानेको छु मैले !”

यो दुनियाँ यस्तै छ

यस्तै छ यहाँको चलन

धार्मिक सँस्थाको स्लोगनजस्तो

अरू जति सबै उदासीन !

सबै बकम्फुस्से !

मेरो जति राम्रो विचार अरू कसैकै छैन !

र हुँदैन पनि !

मैले गरेको धेरै उत्कृष्ट

अरू जम्मै निम्छरा ! विचरा !

“अरूलाई दास नबनाउने सिद्धान्त मेरो छ” 

हात हेरेर हुन्छ कि

चिना, टिप्पणी हेरेर हुन्छ कि

बसमा पारी

सम्मोहित पारी

मिस्मेरिजम् गरी

अञ्जानहरूलाई

कलिला माटाहरूलाई हिप्नोटाइज गरी

डमी बनाउन सिपालु

तिम्रो यस्तो नखरा बेजोड छ

अनि तिमी

नयाँ अडिटर

विजयजीले आफुलाई स्वच्छ, निस्पक्ष अनि निस्कलङ्क कहिल्यै प्रमाणित गर्न सकेनन् पनि पाएनन् पनि । उनले जति राम्रो काम गर्न खोज्थे हजारौँ नराम्रा कामका घेराबन्दीले उनलाई विथोलेर हराइरहेको हुन्थ्यो ।

“हेर्नुुस् विजयजी ! तपाई मसँग सरासर झुट बोल्दै हुनुहुन्छ । तपाईंले यो बिल सबै नकली बनाउँदै हुनुहुन्छ र खर्चको सपोर्टिङ डकुमेन्ट पनि कुनै पनि म्याच खाँदैन ।”

“हैन नि गोएन्काजी ! यी सबै बिल सक्कली नै हुन् ।”

“तर यहाँ त मेरो केरकारमा त्यस्तो देखा परेन त बाबै ! वास्तबमा हामीले तपाईंले कहाँबाट वि
Loading